Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तद्धारा सिपमुलक तालिम सम्पन्न

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले सीपमूलक तालिम ३ दिने सीपमूलक तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय सुरुङ्गा, झापामा आबद्ध ६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रममा वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकी थिइन् ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सारधा राजवंशीले यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन यस तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उक्त तालिमबाट सहभागीहरुले कम लागतमा साबुन उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । साथै यसअघि यस संस्थाले नयाँ रोड, सर्लाहीमा ६० जना सदस्यहरुलाई लुगा धुने सर्फ बनाउने तालिम दिइसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ५२ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Ad