बैंकिङ खबर । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनीको तर्फवाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेश वावु तिवारीले राजिनामा दिएका छन् । उनको राजिनामापछि ग्लोबल आइएमई बैंकबाट मनोनित हुने चार जना सञ्चालक मध्ये दुई जना रिक्त भएको थियो ।
बैंकले रिक्त पदमा गणेश प्रसाद अवस्थी र्र शान्ता शिवाकोटीलाई पठाएपछि लघुवित्तको सञ्चालक समितिको सदस्यको पदभार ग्रहण गरेका छन् । लघुवित्तका अध्यक्ष बुद्धि अकेलाबाट नव नियूक्त सञ्चालकहरुलाई सपथ ग्रहण गराए ।
हाल सम्म संस्थाको ४५ जिल्लाहरुमा ६३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले ६४ करोड ११ लाख वचत संकलन गरि ४५ हजार ८ सय २८ जना लघुउद्यमी सदस्यहरुलाई २ अर्व ६३ करोड ६५ लाख रुपैया कर्जा लगानी गरेको छ ।