June 3rd, 2016

माथिल्लो कर्णाली परियोजनामा डेढ अर्बको शेयर स्थानीयलाई दिइने

hydroमाथिल्लो कर्णाली परियोजनामा स्थानीयले डेढ अर्बको शेयर लगानी गर्न पाउने भएका छन् । माथिल्लो कर्णाली आयोजना प्रभावितले प्रतिकित्ता १ सय अंकित मूल्य भएका १ अर्ब ६० करोड रुपैँया बराबरका १ लाख ६० हजार कित्ता शेयर पाउने भएका हुन् । आयोजना प्रभावितले न्यूनतम १० प्रतिशत शेयर दिनुपर्ने माग गर्दै आएका छन् । आयोजनाका प्रवद्र्धक जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडले सरकारलाई दिने भनेको २७ प्रतिशत निःशुल्क शेयरमध्येबाट स्थानीयलाई दिन लागिएको हो । 

सन् २००८ मा उर्जाले विश्वव्यापी बोलपत्र आह्वान गर्दा जीएमआरले १२ प्रतिशत अर्थात १ सय ८ मेगावाट निःशुल्क बिजुली र २७ प्रतिशत बिनादायित्व निःशुल्क शेयर दिने प्रस्ताव गरेपछि जीएमआरले माथिल्लो कर्णाली आयोजना पाएको हो । हाल जीएमआरले निर्माणपूर्वका कामहरु गरिरहेको छ । भदौसम्म उसले आयोजनाका लगानी जुटाइसक्नुपर्ने आयोजना विकास सम्झौता (पीडीए)मा उल्लेख छ । ९ सय मेगावाट क्षमताको यो आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब रुपैँया छ । यसबाट सुर्खेत, दैलेख र अछाम जिल्ला प्रभावित हुनेछन् ।