बैंकिङ खबर । एनआईसी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले ट्रेनी असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, अफिसर लेभलका लागि केही, असिस्टेन्ट म्यानेजरका लागि केही र डेपुटी म्यानेरका लागि केही कर्मचारीको माग गरेको छ ।
संस्थाले केन्द्रिय कार्यलय तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ३ गतेभित्र तोकिएको ठेगानामा आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।
