Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्रामीण विकास लघुवित्तले गर्यो अर्ध वार्षिक समिक्षा गोष्ठी

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक बर्ष .२०७५/७६ को प्रथम अर्ध वार्षिक कार्यक्रम तथा बजेट समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गरे ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कार्कीले अर्ध वार्षिक अवधिमा भएका काम कारवाहीको विश्लेषण गरी लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरूको विश्लेषण गरी सो हुनुको कारण र वार्षिक लक्ष्य पुरा गर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गदर्शन गर्ने बताउदै विश्वास समेत व्यक्त गरे ।

साथै, प्रमुख कार्यकारी अधिकृत कार्कीले संस्थाको व्यवसायिक क्षमता अभिवृद्धि गर्न समूह विस्तार, सदस्य तथा ऋणी संख्यामा वृद्धि, बचत संकलन, गुणस्तर कर्जा लगानी र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिन निर्देशन दिदै कर्मचारी व्यवस्थापन, वृत्ति विकास, तालिम कार्यक्रम संचालन, सदस्यहरूलाई सीप विकास तथा तालिम, अवलोकन भ्रमण, गोष्ठी संचालन तथा सफ्टवयर जडान गर्न बा“की रहेका कार्यालयमा कारोवारलाई यान्त्रिकीकरण गर्ने लगायतका विषयमा संस्थाले योजनावद्ध ढंगले कार्य गर्दै आएको उल्लेख गरे । 

 कार्यक्रममा संस्थाका पाँचवटै क्षेत्रीय कार्यालय तथा विभागहरूबाट प्रस्तुत आ.व.२०७५/७६ को प्रथम अर्ध वार्षिक अवधिको बजेट समिक्षा तथा कार्यक्रमको प्रगति उपर विस्तृत रूपमा (शाखागत) छलफल गर्नुका साथै तोकिएको लक्ष्य पुरा नभएका शिर्षकमा आगामी २०७६ आषाढ मसान्तसम्म लक्ष्य पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गरिएकोे थियो । दुई दिनसम्म संचालन भएको उक्त गोष्ठीले आगामी दिनमा संस्थाले गर्ने कार्य योजनाका बारेमा १३ बुँदे प्रतिवद्धता समेत पास गरेको छ ।  

संस्थाले २०७५ पौष मसान्तसम्म १ लाख २९ हजार ५ सय ८८ ऋणी सदस्यहरूको घरदैलोमा विभिन्न प्रकारका लघुवित्त सेवा पु¥याउ“दै आएको छ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा ९ अर्ब १७ करोड, कुल बचत २ अर्ब ९७ करोड र सञ्चालन नाफा (अपरिष्कृत)  १७ करोड ८२ लाख रहेको  छ । 

Ad