Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

मनी लाउण्डरिङमा मुछिएपछि सिंगापूरको बिएसआई बैँक बन्द गर्न निर्देशन

२०७३ जेष्ठ २१ गते

masमनी लाउण्डरिंगमा मुछिएपछि स्वीस बैँक बिएसआई एसएको ११ वर्षदेखि सञ्चालित शाखा बन्द हुने भएको छ । बैँकको शाखा बन्द गर्न सिंगापुरको केन्द्रिय बैंक(मास)ले एक साताअघि निर्देशन दिएको हो । मलेसियाका प्रधानमन्त्रीसमेत विवादमा तानिएको वान मलेसिया डेभलपमेन्ट बिएचडिको बिएसआई बैंकमार्फत भएको वित्तीय कारोवार शंकास्पद पाइएपछि सिंगापुरको केन्द्रिय बैंकले शाखा बन्द गर्न निर्देशन दिएको हो । 

केन्द्रिय बैंकले एन्टि मनी लाउण्ड्रिङ सम्वन्धी कानुनको ४१ पटक उल्लंघन गरेको पाइएपछि यो शाखालाई एक करोड १३ लाख सिंगापुर डलरको जरिवाना समेत गरेको छ । उच्च जोखिम भएका ग्राहकको ड्यु डिलिजेन्स नगरेको तथा शंकास्पद कारोवारको अनुगमन नगरेको आरोप पनि बैंकलाई लगाइएको छ । सिंगापुरको वित्तीय क्षेत्रमा बिएसआई बैंकको सञ्चालन स्थिति सबैभन्दा खराव पाइएको छ र गम्भीर त्रुटीहरु समेत फोला परेको बताइएको छ । 

मासले यो बैंकमाथि सन् २०११ यताको कारोवारमा छानविन गरिरहेको थियो भने सन् २०१५ मा मासले बैंकको शाखामै पुगेर विस्तृत अनुगमन गरेको थियो । यो अनुगमनमा एन्टि मनी लाउण्डरिङ कानुनका कयैं दफा पालना नगरेको पाइएको थियो । 

दुई सय कर्मचारी भएको बिएसआई बैंकले मलेसियाको सरकार नियन्त्रित फर्मको चार अर्व अमेरिकी डलर बराबरको फण्ड व्यवस्थापन गर्दै आएको छ । बिएसआईले मलेसियाका टाइकुन लो तायक जोको फण्ड पनि व्यवस्थापन गर्दै आएको थियो । तोसँग सम्वन्धि थुप्रै पूर्व कर्मचारीमाथि सिंगापुरको कमर्सियल अफेयर्स विभागले पनि अनुसन्धान गर्दै आएको छ ।