Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तले गर्यो चितवनमा पशुपालन तालिम र अन्तरक्रिया कार्यक्रम 

२०७५ फाल्गुन २० गते

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले चितवन जिल्लाको ज्योतिनगर शाखा कार्यालयको कार्यक्षेत्रमा पशुपालन तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ज्योतिनगर शाखाले उक्त शाखा कार्यालय अन्र्तगत लघुवित्त कार्यक्रममा आवद्ध २८ जना सदस्य तथा स्थानियहरुलाई पशुपालन तालिम प्रदान गरेको हो। उक्त पशुपालन तालिम कार्यक्रममा प्रशिक्षक विकाश दाहाल रहनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रम भरतपुर महानगर पालिका वडा नं. २८ का वडा अध्यक्ष आश बहादुर कुमालको आतिथ्यता तथा संस्थाका का.मु. नायव महाप्रबन्धक रविन्द्र तिमल्सेनाको सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा संस्थाका प्रबन्धक घनश्याम भट्टराईले उपस्थित सदस्य तथा स्थानियबासीहरुले राखेका जिज्ञासाको सम्वोधन गरेका थिए । 
        

Ad