झण्डै १२ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै केन्द्रिय बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ११ अर्ब ९० करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्रीमा राखेको छ । केन्द्रिय बैंकले तीन फरक फरक अवधिको बिल विक्रीमार्फत ठुलो रकम तान्न लागेको हो ।

केन्द्रिय बैंकले पुरानै परिपक्व भइसकेको ट्रेजरी बिललाई नविकरण गर्न लागेको हो । वित्तीय बजारमा तरलता बढदै गएपछि राष्ट्र बैंकले बिल मार्फत पैसा तान्न लगेको हो । 

राष्ट्र बैंकले २८ दिन अवधिको ३ अर्ब २५ करोड रुपैयाँ, ९१ दिन अवधिको ३ अर्ब १३ करोड र १ सय ८२ दिन अवधिको ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बाराबरको बिल नविकरण गर्न लागेको हो । त्यसका लागि आइतबार दिउसो ३ बजे सम्म आवेदन दिन सकिने केन्द्रिय बैंकले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *