बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शत प्रतिशत हकप्रद शेयर फागुन १९ गतेबाट खुल्ने भएको छ ।
हाल कायम चुक्ता पुँजी ३२ करोड ८९ लाखको १ सय प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर आइतबार खुला गर्ने भएको हो । हकप्रद शेयर चैत्र २४ गतेसम्म भर्ने सकिने छ ।
हकप्रद शेयरपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।