Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७५ फाल्गुन १७ गते

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था पाल्पा स्थित रामपुर शाखाले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले रामपुर नगरपालिका विजयपुर वडा नं ६ स्थित शिवालय मन्दिरको भवनमा संस्थाका नायव कार्यकारी अधिकृत्त हरिकृष्ण जोशीको सभापतित्व तथा संस्थाका अध्यक्ष   जगत बहादुर पोख्रेलको प्रमुख आतीथ्यमा सम्पन्न उक्त कार्यक्रममा शाखा प्रमुख भविश्वर ढकालले कार्यक्रम सन्चालन गरेका थिए ।  

वित्तीय संस्थाका वित्तविभाग प्रमुख ज्ञानीश्वर पन्तले स्वागत मन्तव्य सँगै कार्यक्रम उदेश्यकाबारे प्रस्ट पारेका थिए । कार्यक्रममा महिला सदस्य, अभिभावक तथा बुद्धिजीवीहरुले राखेका सुझाव तथा गुनासोहरुको प्रतिउत्तर वित्तीय सस्ंथाका नायव कार्यकारी अधिकृत्त जोशीले दिएका थिए । 

सस्थाका अध्यक्ष जगत बहादुर पोख्ररेलले लघुवित्त वित्तीय सस्थाले खेलेका सकारात्मक भुमिका तथा यसले पु्र्याएको योगदानको बारेमा चर्चा गदै चौतारी लघुवित्त वित्तीय सस्ंथाको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।
 

Ad