बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कल्याणपुर शाखा नुवाकोटमा आवद्ध भएका ६७ जना सदस्यहरुलाई एकदिने तरकारी खेती तालिम प्रदान गरेको छ । तालिममा सहभागीहरुलाई कृषी प्राविधिकद्धय ठाकुर प्रसाद भण्डारी र उदय कुमार बोगटीले विभिन्न समयमा उत्पादन हुने मौसमी तथा बे–मौसमी तरकारी खेतीको बारेमा जानकारी गराएका थिए ।
उक्त तालिमबाट सहभागीहरुले कम लागतमा तरकारी उत्पादन गर्ने तरीका, तरकारी बालीमा लाग्ने विभिन्न रोगको उपचार , बजारीकरण लगायत तरकारी खेती सम्बन्धमा आईपर्ने विभिन्न समस्याको समाधानका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।
क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत तथा तालिम कार्यक्रमका प्रमुख अतिथि शुरेस बहादुर खड्काले तालिमको उद्घाटन गरी तालिमको परिचय, उद्देश्य, व्यवसायको महत्व, उत्पादन र बजारीकरण, ग्रामिण लेखा लगायत आय–आर्जन, स्व–रोजगार र उद्यमशीलता विषयमा जानकारी दिएका थिए ।