बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय इटहरीले संस्थाका आफ्ना १ सय ५० जना ग्राहक सदस्यहरुको सहभागितामा सुनसरी जिल्लाको इटहरीमा केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता तथा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
एक दिने कार्यक्रममा इटहरी उ.म.न.पा वडा नं. ८ का वडा अध्यक्ष को प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो । मनतव्यको क्रममा वडा अध्यक्षले संस्थालाई शुभकामना दिदै संस्थाको काम प्रति आफु खुशि रहेको बताएका थिए ।
कार्यक्रममा शाखाको प्रगति विवरण, संस्थाले दिने सेवा सुविधा, वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, वित्तीय अनुशासन आदिको महत्वका बारेमा जानकारी दिएको थियो साथै सदस्यहरुसँग अन्तरक्रिया समेत गरेको थियो ।
इटहरी आँखा अस्पतालको प्राविधिक सहयोग साथै स्वदेशी लघुवित्तको प्रायोजनमा ८० जना सदस्य साथै उनिहरुको परिवारको सदस्यले समेत निःशुल्क सेवा लिएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।
सदस्यहरुबाट आएको गुनासोको संवोधन गर्दै संस्थाका प्रमुख व्यपार अधिकृत तथा कर्जा विभागका विभागिय प्रमुख श्रीधर गौत्तमले आजको हाम्रो बचतले भोलि ठुलो काम बन्ने साथै कर्जा लिएर सदुपयोगिता गर्न अनुरोध गरेका थिए । सदस्यहरुबाट आएको जायज गुनासोहरु लाई संस्थाले क्रमशः सुधार गर्दै लाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
हासम्म संस्थाले ७६ शाखाहरु स्थापना गरी लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।