बैंकिङ खबर । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था संचालक समितिका अध्यक्ष टेकराज जोशीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । राज्य स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लघुवित्त वित्तीय क्षेत्रमा पहिलो पटक संस्थापक शेयर लगानी रहेको उक्त कम्पनीमा बैंकको तर्फबाट जोशीले प्रतिनिधित्व गर्दै संचालक समितिको अध्यक्ष पदमा नियूक्त भएका हुन् ।
त्यस्तै संचालक समितिका सदस्यहरु चिरन्जीवि बि.सी, राघबेन्द्र लाल कर्ण,श्रीमती रीता सापकोटा पौडेल, डा. लक्ष्मण पून र प्रदीप कूमार तिमिलसिना तथा कार्यकारी निर्देशक सूधीर प्रसाद लोहनीले अध्यक्ष टेकराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्त गैर सरकारी सस्थाहरुलार्ई लघुवित्त वित्तीय संस्थामा रुपान्तरण गर्न निर्देशन दिए बमोजिम नेपालको पहिलो लघुवित्त गैर सरकारी संस्था नेपाल ग्रामीण विकास संस्थाबाट रुपान्तरण भई राष्ट्रिय स्तर कार्यक्षेत्र भएको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा कार्य गर्न अनुमति पाएको हो ।
लिमिटेडले २०७५ फाल्गून ८ गतेबाट वित्तीय कारोबारको शूभारम्भ गरेको छ । २६ करोड जारी पुँजी भएको संस्थाले निकट भविष्यमा नैं सर्बसाधारणको लागि ८ करोड ५० लाखको साधारण शेयर जारी गर्नेछ । नेपाली लघुवित्त बैंकको हालसम्मको सबैभन्दा ठुलो आइपिओ. हूनेछ ।
संस्थाले हालसम्म ५ जिल्लामा ३३ शाखा कार्यालयहरुबाट करिब २० हजार ग्राहक सदस्यलाई लघुवित्त सेवाहरु उपलब्ध गराउंदै आएको छ । भने संस्थाले ५० करोड बचत संकलन गरी करिब एक अर्ब कर्जा लगानी गरेको छ ।