Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२० परियोजनाका लागि १० अर्ब, एकै एनजीओलाई पाँच अर्बसम्म सहयोग

२०७५ फाल्गुन १५ गते

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा एउटै गैरसरकारी संस्थाले एकै परियोजनाका नाममा विदेशबाट ४ अर्ब ६८ करोड रुपैयाँ ल्याएको पाइएको छ । एसओएस बालग्राम भक्तपुरले एसओएस चिल्ड्रेन्स भिलेज अस्ट्रेलियाबाट नेपालका बालबालिकाको क्षेत्रमा खर्चने भन्दै ४ अर्ब ४५ करोड ९३ लाख ५८ हजार ६२३ रुपैयाँ ल्याएको हो । यस्तै, एसओएस बालग्रामले कास्कीमा बालबालिकाको क्षेत्रमा काम गर्ने भन्दै एसओएस चिल्डे«न भिलेज अस्ट्रियाबाट २२ करोड ७२ लाख १७ हजार ३३८ रुपैयाँ पाएको छ । यी दुई चरणमा गरी एसओएसले ४ अर्ब ६८ करोड ६५ लाख ७४ लाख ९६१ रुपैयाँ नेपाल भिœयाएको समाजकल्याण परिषद्ले जनाएको छ ।

एसओएस बालग्राम नेपालका निर्देशक ईश्वरीप्रसाद शर्माका अनुसार एसओएसले दाताबाट प्राप्त रकमबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । उनले देशभर १० बालग्राम सञ्चालन गरिरहेको र जसबाट २ हजारको संख्यामा अनाथ तथा गरिबी र स्वास्थ्यका कारण समस्यामा परेका बालबालिका लाभान्वित भइरहेको दाबी गरे ।
यस्तै, बालग्रामले परिवार सुदृढीकरण परियोजना, व्यावसायिक तालिम, आपतकालीन सहायतासम्बन्धी कार्यक्रम, किनसिप केयरमार्फत ३६४ बालबालिकालाई सहयोग तथा २८४ भूकम्पपीडितका लागि घर निर्माण गरिएको जनाएको छ । दाताबाट प्राप्त यो रकम चार वर्षसम्म परियोजना सञ्चालनका लागि रहेकोे शर्माले बताए ।

यस्तै, कारितास नेपाल ललितपुरले विभिन्न तीन परियोजनाका लागि झन्डै ६७ करोड रकम भिœयाएको छ । कारितासले भूकम्पपछिको पुनर्निर्माणका लागि दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आवास निर्माण परियोजना सञ्चालन गर्न भन्दै कारितास इन्टरनेसनलबाट २३ करोड ३२ लाख ८० हजार ९२९ रुपैयाँ ल्याएको हो । सहकारी विकास र उधमशीलता प्रवद्र्धन परियोजनाका लागि कारितास अस्ट्रेलियाबाट कञ्चनपुर, बर्दिया, कैलाली, बाँके, नवलपरासी, काभ्रे तथा ललितपुरमा परियोजना सञ्चालनका लागि भन्दै १४ करोड ६० लाख ८६ हजार २७६ रुपैयाँ प्राप्त भएको छ । भूकम्पपीडितका लागि राहत तथा संरक्षणका लागि दोलखा, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा परियोजना सञ्चालनका लागि भन्दै कारितास इन्टरनेसनल इटालीबाट २९ करोड ६३ लाख ४० हजार १ रुपैयाँ सहयोग लिएको छ ।
तेस्रो बढी रकम ल्याउनेमा नेपाल परिवार नियोजन संघ रहेको छ । रेडक्रसले स्वास्थ्यका दुई परियोजना सञ्चालनका लागि भारतबाट १६ करोड ८० लाख ३ सय र १७ करोड ७० लाख ६८ हजार १८२ रुपैयाँ गरी ३४ करोड ५० लाख ६६ हजार ८८२ रुपैयाँ ल्याएको छ ।

नेपालमा विभिन्न क्षेत्रको विकास तथा सुधारका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न भन्दै नेपालमा सञ्चालित ७२३ गैरसरकारी संस्था (एनजीओ) ले विभिन्न १ हजार १८१ वटा कार्यक्रमका लागि आर्व २०७५÷७६ मा विभिन्न देशका दाताबाट २० अर्ब रुपैयाँ नेपाल भिœयााएको समाज कल्याणपरिषद्ले जनाएको छ । एनजीओले यस्ता रकम नेपाल भिœयाएका परियोजनामा महिला, बालबालिका, मानव बेचबिखन, भूकम्पपछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्यलगायतका रहेका छन् । यस्ता १६ एनजीओले २० वटा परियोजनाका लागि दाताबाट १० करोडभन्दा बढी रकम जुटाएको देखिन्छ । यस्ता ठूला परियोजनामा एकै परियोजनाका लागि झन्डै ५ अर्बसम्मको दाताबाट सहयोग लिएकोे पाइएको छ ।

कुन एनजीओले कति जुटाए ?

एकै परियोजनामा १० करोडमाथि रकम जुटाउने एनजीओमा एसओएस बालग्राम, कारितास नेपाल र नेपाल परिवार नियोजन संघ रहेका छन् । यस्तै, भेन्छेन फुन्छोक धाग्र्येलिङ गुम्बा काठमाडौंले डेनमार्क र जर्मनीबाट काठमाडौंमा शिक्षा र स्वास्थ्य परियोजना सञ्चालनका लागि १६ करोड ६० लाख ३७ हजार ३५ रुपैयाँ ल्याएको छ ।

प्रजातन्त्र तथा विकास केन्द्र काठमाडौंले अमेरिकाबाट बालबालिका र शिक्षासम्बन्धी परियोजनाका लागि २६ करोड ७३ लाख ३० हजार ५८४ रुपैयाँ, दियालो डडेलधुराले शिक्षा स्वास्थ्य, अपांगता भएकाहरू लागि विशेष कार्यक्रम र कृषिका लागि अमेरिकाबाट १२ करोड ५१ लाख ४९ हजार ३५४ रुपैयाँ, हिमालयन ट्रस्ट सोलुखुम्बुले शिक्षाका लागि जर्मनी, फ्रान्स र स्विजरल्यान्डबाट १० करोड ३२ लाख ९ हजार २३ रुपैयाँ, मानव विकास तथा सामुदायिक सेवा ललिलपुरले १० करोड ५८ लाख ८१ हजार ७८६ रुपैयाँ ल्याएको छ । यसैगरी, करुणा फाउन्डेसन नेपाल काठमाडांैले अपांगता भएकाहरूका लागि हल्यान्डबाट २१ करोड २८ लाख ८४ हजार ५२५ रुपैयाँ, लुमन्ती आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडांैले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र भूकम्पका लागि जर्मनीबाट २३ करोड ३९ लाख ७० हजार रुपैयाँ ल्याएको छ । राजधानीमा प्रकाशित समाचार।

Ad