बैंकिङ खबर । नागबेली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा चैत्र १५ गते हुने भएको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकबाट नवौं वार्षिक साधारण सभा चैत्र १५ गते शुक्रबार हुने भएको छ ।
जसको लागि फागुन २९ गतेदेखि चैत्र १५ गतेसम्म शेयर दाखिला खारेजी बन्द गरेको छ । कम्पनीको बोनस शेयर वितरण पश्चात कायम हुने पूँजीमा ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा लाने तयारी रहेको छ ।