February 25th, 2019

९१ दिनका लगि २ अर्ब २३ करोड ३२ लाखको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री खुल्ला गरेको छ । ट्रेजरी बिलमा लगानी गर्न इच्छुकले दिउसो ३ बजे सम्म बोलकबोल मार्फत सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल मंगलबार देखि जारी हुने छ । 

९१ दिन अवधिको ट्रेजरी बिल २०७६ जेठ १४ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि पनि राष्ट्र बैंकले फागुन ६ गते ९१ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]