बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना ८५ जना ग्राहक सदस्यहरुको सहभागितामा बांके जिल्लाको फत्तेपुरमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । तालिम प्रशिक्षकमा क्षेत्रिय कार्यालयका कार्यक्रम अधिकृत नबराज जोशी रहनु भएको थियो ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय कार्यक्रम अधिकृत नवराज जोशीले बताए ।
हाल संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालनगर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।
संस्थाले २०७५ मंसिर मसान्तसम्ममा ३ लाख ३३ हजार १ सय ४१ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले मंसिर मसान्त सम्ममा लगानीमा रहेको कर्जा१६ अर्ब ५२ करोड ४३ लाख रहेको छ भने ग्राहक सदस्यहरुको ९ अरब ३३ करोड ४२ लाख बचत परिचालन गरेको छ ।