February 22nd, 2019

 नवलपरासीको रुपौलियामा निर्धन उत्थान लघुवित्तले गर्यो वित्तीय साक्षरता तालिम 

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाआफ्ना ७२ जना ग्राहक सदस्यहरुको सहभागितामा नवलपरासी जिल्लाको रुपौलियामा“ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकमा संस्थाको क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत श्री पे्रम प्रसाद सुबेदी रहेकाथिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरीरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जालिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नती तिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले बताएका थिए ।

तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बचत कसरी गने, हुण्डी मार्फत बिदेसबाट पैसा पठाएमा हुने समस्याको बारेमा जानकारी हासिल गरेका थिए । 

हाल संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पु-याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै हाएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]