स्वावलम्बन लघुवित्तले गर्यो कञ्चनपुरको सुन्दरपुरमा वित्तीय साक्षरता कार्यक्रम 

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय, सुडाले कञ्चनपुर जिल्लाको सुन्दरपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सुन्दरपुर आसपास क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै, बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक बहादुर चन्दले स्वावलम्बन लघुबित्तले ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक बिकासमा ठुलो योगदान पु¥याउनुका साथै सामाजिक विकासमा समेत टेवा पु-याएको बताए । उनले कर्जाको सही सदुपयोग गर्न जाने त्यसले समृद्धि तर्फ लैजाने र दुरुपयोग गरे जिन्दगीनै बर्बाद हुने भएका कारण कर्जाको सही सदुपयोग गरी उद्यमशील बन्न र भविष्य उज्ज्वल बनाउन सानो सानो बचत गर्नुपर्नेमा जोड समेत दिए । 

शाखा प्रवन्धक मोहन बहादुर चन्दले वित्तिय साक्षरता कार्यक्रमले शाखा कार्यालय आसपासका क्षेत्रका बासिन्दाको आर्थिक सामाजिक स्तर सुधार गर्नमा सहयोग गर्ने भएकाले वित्तीय संस्थामा आवद्ध रही संस्थाको सेवाबाट लाभान्वित हुन आग्रह गरे । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने ग्राहक सदस्य तथा स्थानीय व्यक्तिहरुले यस प्रकारका कार्यक्रमले आगामी दिनमा महिला दिदी बहिनीहरुलाई वित्तीय संस्थासंग कारोबार गरी आफुले लिएको कर्जाको सदुपयोग गरी आय आर्जन बृद्धि गर्न र खर्चमा मीतव्ययी बनी बचत गर्न सिकाएको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *