Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नाडेप लघुवित्तको ६१ हजार कित्ता शेयर लिलामीमा

२०७५ फाल्गुन १० गते

बैंकिङ खबर । नाडेप लघुवित्त वित्तीय संस्थाको ६१ हजार २ सय ३६ कित्ता साधारणतर्फको शेयरका लिलामीबाट बिक्री हुने भएको छ । संस्थाले फागुन १९ देखि २८ भित्र शेयर लिलामीको लागि आवेदन दिइसक्नुपर्ने गरी सूचना जारी गरेको छ ।

संस्थाले  गत मंसिर २३ देखि पुस २९ सम्म बिक्री खुल्ला गरेको सर्वसाधारण समूहतर्फ आवेदन नपरेको ६१ हजार २ सय ३६ कित्ता शेयरलाई लिलामीबाट बिक्री गर्न लागेको हो । यसको बजारमा प्रतिकित्ता ७ सय ३० का दरले कारोबा भइरहेको छ ।

यसले न्युनतम एक सय रुपैयाँमा एक सय कित्ता भन्दा बढी कबोल गर्नुपर्ने गरी लिलामीको सूचना निष्कासन गरेको छ । यसको बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 
 

Ad