बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले सुनसरी र मोरङ्ग जिल्लाका विभिन्न ठाउँमा विद्यार्थीलाई लक्षित गरि सप्ताहाव्यापि महिनावारी सरसफाई संवन्धि शिक्षा, घरेलु स्यानिटरी प्याड बनाउने तरिका लगायत वित्तीय साक्षरता सम्बिन्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सरकारी साथै प्रइभेट स्कुलका विद्यार्थीहरु लाई तालिम प्रदान गरेको हो । यौन तथा प्रजनन स्वास्थ्य सम्बिन्धि शिक्षा सबैका लागी भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा विभिन्न स्कुलका ५ सय विद्यार्थीहरु कार्यक्रमा सहभागी भएका थिए ।
समाजमा कुरीति र गलत बुझाईको रुपमा रहेको महिनावारी भ्रम चिर्न गरिएको कार्यक्रममा ९ देखि १२ कक्षा सम्मको विद्यार्थीलाई सहभागि गराइएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले लघुवित्त कार्यक्रम बारे जानकारी, महिनावारी के हो, महिनावारी सरसफाई, घरेलु स्यानिटरी प्याड बनाउने तरिकाका बारेमा जानकारी हासिल गरेका थिए । विशोषगरी महिनावारी केटाहरुलाई थाहा नहुने, पाठ्यपुस्तकमा भए पनि खासै रुचि नदेखाउने भएकाले यो कार्यक्रमले थोरै भए पनि भ्रम चिर्न सफल भएको थियो ।
कार्यक्रममा सहभागी आधिकांश परुष विद्यार्थीले महिलाहरुले पयोग गर्ने गरेको स्यानिटरी प्याड नदेखेको र देखेको भएपनी नछुएको अनुभव साटेका थिए । महिला पुरुष एकै ठाउँमा राखेर चित्रात्मक श्रव्य तथा पावर प्वाइन्ट वाट कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहज कर्ताका रुपमा स्वदेशी लघुवित्तका सामाजिक विकास तथा तालिम युनिटले गरेको थियो । कार्यक्रम एकदमै प्रयोगात्मक र समाजमा व्याप्त लघुवित्तले कर्जा तथा बचतको मात्र कारोबार गर्छ भन्ने भ्रम रहेको र कार्यक्रम पश्चात आफुहरु एकदमै हर्षित रहेको विद्यालयका शिक्षक तथा विद्यार्थीले बताए ।