February 21st, 2019

वोमी लघुवित्तद्धारा अर्धवार्षिक समीक्षा तथा रणनीतिक योजना तर्जुमा

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले फाल्गुण ८ गते ११ शाखा कार्यालयहरुका शाखा प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित ‘अर्धवार्षिक अवधिको समीक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त गोष्ठी कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि सम्मको उपलब्धिको समीक्षा तथा आगामी अवधिमा बजेट तथा रणनीतिक योजना सम्बन्धमा शाखागत रुपमा प्रस्तुतिकरण सहित छलफल गरिएको थियो । 

समीक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी कार्यक्रम सञ्चालक समितिकी अध्यक्ष बिन्दीया प्रधानले उद्घाटन गर्दै लक्ष्य अनुरुपको उपलब्धि हासिल गर्न शुभकामना तथा लघुवित्त कार्यक्रमको प्रभावकारी व्यवस्थापन गर्न मार्गदर्शन दिएकी थिईन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले शाखा स्तरीय प्रस्तुतिकरणमा लिइएका लक्ष्य प्राप्तीका लागि आगामी अवधिका लागि तय गरिएका नीति तथा कार्यक्रमलाई शाखागत रुपमा भिन्न भिन्न रणनीति बनाउन सुझाव दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]