February 20th, 2019

निर्धन उत्थान लघुवित्तद्धारा वर्दियाको वढैयातालमा वित्तीय साक्षरता तालिम सम्पन्न 

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना १२५ जना ग्राहक सदस्य तथा अभिभावकहरुकोे सहभागितामा वर्दिया जल्लाको वढैयाताल  गाउंपालिका वाड नं. ०२, जमुनीमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । कार्यक्रममाको उद्घाटन वाड अध्यक्ष द्धय शेर बहादुर थापा र काजीमन सुनारले संयुत्त mरुपमा उद्घाटन  गरेका थिए तालिम प्रशिक्षकहरुमा कार्यक्रम अधिकृत नवराज जोशी, टोप बहादुर रास्कोटी रमेश ठगुन्ना रहेका थिए ।

एक परिवारमा एक जनाउद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख÷ नवराज जोशीले बताए । 

यस क्षेत्रमा निर्धन उत्थान लघुवित्तले दिएको सेवा सरह्रानिय भएको र लघुवित्त बाट कर्जा कारोवार गर्दा सदस्यहरुले सदुपयोग गरेर जानु पर्ने, लामो अवधिको वचत गर्दा भविश्य समुन्नत भएर जाने अध्यक्ष शेर बहादुर थापाले बताए । कुनै काम गर्छु भन्दा साहुमाहाजनले चर्को व्याज लिने ठुला बैंकहरुले वोर्डर क्षेत्रमा कर्जा लगानी नदिने अवस्थामा निर्धन उत्थान लघुवित्तले महिलाहरुलाई विनाधितोमा कर्जा दिएर यस क्षेत्रका जनतालाई ठूलो गुन लगाएको अध्यक्ष काजीमन सुनाले वताएका थिए ।

तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायीक योजना बनाउँदा ध्यानदिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु, वर्तमान अवस्थामा देखिएका चुनौतीका बारेमा जानकारी हासिल गरेका थिए । 

हाल संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले ग्राहकलाई लघुवित्त सेवा पु-याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

संस्थाले माघ मसान्त सम्ममा १ सय २२ घरधुरीका ३ हजार ८८ घरपरिवारमा सेवा विस्तार गरेको छ भने लगानीमा रहेको कर्जा  साढे १७ करोड रहेको छ । ग्राहक सदस्यहरुको १२ करोड बचत परिचालन गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]