बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । फाल्गुन ६ गते सम्पन्न विषेश साधारणसभाले संस्थाको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजारको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि आवश्यक प्रक्रिया शुरु गर्ने प्रस्ताव पारित गरेको हो ।
विशेष साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने निर्णय समेत गरेको छ । सभामा संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधान तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गरेका थिए ।
हाल संस्थाले ३२ जिल्लाका विभिन्न ४१ स्थानहरुमा शाखा कार्यालयहरु विस्तार गरी लघुवित्त सेवा दिँदै आएको छ ।