February 18th, 2019

आधारदर र स्प्रेडदर गणना विधिमा राष्ट्र बैंकको शंका

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ब्याजदरमा उच्च वृद्धि भएको गुनासो बढेपछि बैंकहरुसंग आधार दर र स्प्रेडदरकोे हिसाब उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले आन्तरीक लेखापरिक्षकबाट प्रमाणित भएको हिसाब बुझाउन निर्देशन दिएको हो । 

राष्ट्र बैंकले बैंकहरुले आधारदर र स्प्रेडदरको हिसाबकिताब गलत तरिकाले गरिरहेको आशंका गरेपछि निर्देशन दिएको हो । राष्ट्र बैंकले नीतिगत रुपमा सहज बनाउँदै गएपनि आधारदर नघटेको प्रति आशंका गरेको हो । 

बैंकहरुले आधारदरको गणनामा शुन्य दशमलव सात पाँच प्रतिशत घटाएर फेरि प्रिमियममा सोही दर जोडेर ब्याजदर निर्धारढा गरेका छन् । यसले गर्दा कर्जाको ब्याजदर घटेको छैन् । पछिल्लो समय उद्योगी व्यवसायीहरुले सरकारले जति सहुलियत दिएपनि उद्योगीहरुले नपाएको गुनासो गरेका छन् । जसले गर्दा तरलता समस्या हुँदा पनि बैंकहरुले नाफा बढाइरहेको आरोप उद्योगी व्यवसायीको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]