बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय धरान, सुनसरीले स्थानीय बाल विकास केन्द्रलाई भौतिक तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले फर्निचर, खेलकुदका सामग्री, स्कूल ब्याग लगायत मनोरञ्जनका सामग्री वितरण गरेको हो । वडा न.११ कार्यालयका वडा अध्यक्ष बाबुलाल लामाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बालबालिकालाई शैक्षिक सामग्री तथा केन्द्रलाई भौतिक सामग्री वितरण गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वित्तीय संस्थाले देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, समुदाय विकासका साथै जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । वडा अध्यक्ष लामाले समाजमा यस प्रकारको सहयोगले गरिव तथा विपन्न बालबालिकालाई टेवा पुग्ने बताए । केन्द्रका अध्यक्ष बीर बहादुर थापा मगलरे संस्थाले बालबालिकाका लागि सहयोग गरेकोमा संस्थालाई धन्यबाद व्यक्त गरे ।