
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृृत्वको सरकार बनेपछिका एक वर्षमा मुलुकमा भ्रष्टाचार बढेको तथा अर्थतन्त्र संकटमा परेको टिप्पणी गरेको छ । सरकारले समृद्धिको नारा दोहो¥याइरहे पनि समृद्धिको उल्टो बाटो हिँडेको कांग्रेसको ठहर छ ।
कारोबारमा जगन्नाथ दुलाल लेख्छन सरकारको एक वर्षे कार्यकाल पूर्ण विफल भएको भन्दै कांग्रेसले विभिन शीर्षकमा सात तथ्य प्रस्तुत गरेको छ । जसमा पूँजीगत खर्च कम भएको, विदेशी लगानी ५ महिनामा ५ अर्बले घटेको, वाह्य मुद्राको सञ्चिति १० अर्बमा घटेको कांग्रेसको टिप्पणी छ । यस्तै व्यपार घाटा झनै बढेकोप्रति पनि कांग्रेसलेचिन्ता व्यक्त गरेको छ ।
‘अघिल्ले आर्थिक वर्षको ६ महिनामा भन्दा व्यपारघाटा झण्डै २ खर्बले बढेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यसबेला व्यपारघाटा ४ खर्ब ९३ अर्बथियो, अहिले ६ खर्ब ७८ अर्ब पुगेको छ । किसानले बजार नमाएर बारिमै डोजर लगाएर तरकारी नष्ट गरेको पीडाका दृष्य र समाचार सार्वजनिक हुँदा समेत सरकार संवेदनहीन भएको भन्दै आपत्ति जनाएको छ ।’
यस्तै, मुलुक भित्रिने रकमभन्दा बाहिरिने रकम बढी भएको अर्थात शोधानान्तर घाटा चरम रुपमा बढेको तथा सरकारै कारण शेयर बजार समेत धाराशायस् हुँदै गएको कांग्रेसले जनाएको छ ।
भ्रष्टाचारको छलाङ वर्ष
प्रधानमन्त्री केपी ओलीको एक वर्षे कार्यकाललाई कांग्रेसले भ्रष्टाचारमा छलाङ वर्षको संज्ञा दिएको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकार भ्रस्टाचरमा चुर्लुम्म डुबेको बताएको हो । कारोबारमा प्रकाशित सामचार।