बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तिय संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो प्रथम बार्षिककोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत फाल्गुन ४ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा सहभागि मध्ये २३ जना व्यक्त्तिले रक्तदान गरेका थिए । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटि रक्त संचार सेवा कार्यलय परासीले प्राविधिक सहयोग गरेको थियो ।
हालसम्म संस्थाले १२ हजार ४० जना सदस्यहबाट ७ करोड ३० लाख बचत संकलन गरी ४१ करोड ७० लाख माथि कर्जा लगानी गरेको छ ।