अमेरिकी वित्तीय कारोबार गर्ने कम्पनी जेपी मार्गनले डिजिटल क्वाइन ल्याउँदै

बैंकिङ खबर । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी जेपी मार्गन चेज एण्ड कम्पनीले डिजिटल क्वाइन लयाउने भएको छ । पछिल्लो समय विश्व बजारमा डिजिटल क्वाइनको कारोबार बढदै गएपछि कम्पनीले ‘जेपीएम क्वाइन’ ल्याउने योजना बनाएको हो । कम्पनीका अनुसार ग्राहकले ब्लकचेन नेटवर्कमार्फत यो क्वाइनबाट भुक्तानी गर्न सक्ने छन् ।

कम्पनीले जनाएअनुसार यो क्वाइनको कारोबार अमेरिकी डलरमा हुने छ । जसले गर्दा मूल्य स्थिर रहने बैंकले जनाएको छ । एजेन्सी
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *