February 14th, 2019

नागरिक लगानी कोषमा रोजगारीको अवसर

बैंकिङ खबर। नागरिक लगानी कोषले करारमा कर्मचारी नयुक्त गर्न लागेको छ । कोषले व्यवस्थापक (दशौं तह) र मुख्य व्यवस्थापक (एघारौं) तहमा एक एकजना कर्मचारी माग गरेको हो ।  दुवै पद प्रशासन समूह तर्फका हुन् । कोषले माघ २९ गते प्रकाशित गरेको पदपूर्ति सम्बन्धि सूचना अनुसार प्रथम पटक प्रकाशन गरेको दिन देखि २१ दिनभित्रमा ईच्छुक आवेदकले आवेदन दिन सक्नेछन् ।

मुख्य व्यवस्थापकमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र वा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्ने छ । यो पदका लागि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा संचालित संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तिमा १५ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख गरेको छ । 

व्यवस्थापक पदका लागि भने अर्थशास्त्र वा व्यवस्थापन संकायमा स्नातकोत्तर गरी नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा संचालित संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनु्पर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]