February 13th, 2019

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, रेमिट्यान्स बढ्यो, नेपाल राष्ट्र बैंक

बैंकिङ खबर। चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशतले वृद्धि भएको छ । देशमा छ महिनामा रेमिट्यान्स ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको छ महिनामा रेमिट्यान्स शुनय दशमलव ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ६ प्रतिशतले बढेको छ । 

पुष मसान्त सम्ममा खुद ट्रान्सफर आय २८ दशमलव ७ प्रतिशतले वृद्धि भई ५ खबै ५ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ दशमलव ८ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ८ प्रतिशतले घटेको थियो ।

 पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ४ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ दशमलव ८ प्रतिशतले घटेको थियो । यो अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या सबैभन्दा बढी घटेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]