February 14th, 2019

२६ वस्तुको निर्यातमा पाउन सकिन्छ अनुदान, राष्ट्र बैंकबाट समेत परिपत्र जारी  

बैंकिङ खबर। स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन र निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलनलाई कम गर्न सरकारले “निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५” स्वीकृत गरिसकेको छ । सोही आधारमा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने सम्बन्धमा विद्यमान व्यवस्थालाई खारेज गरी नयाँ व्यवस्था गरिएको जानकारी गराएको छ । 

मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी कार्य्विधि स्वीकृत गरेको थियो । नयाँ व्यवस्था अनुसार १५ वटा वस्तुको निर्यातमा ५ प्रतिशत र ११ वस्तुको निर्यातमा ३ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । त्यस मध्ये पनि पूर्ण स्वदेशी उत्पादन निर्यात गर्दा भने नगदमा अनुदान पाउने छन् । 

उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले माघ २८ गते परिपत्र जारी गर्दै १० बुँदे परिपत्र जारी गरेको हो । 

कुन कुन वस्तुमा पाउन सकिन्छ अनुदान
निम्न वस्तुहरुको निर्यातमा सरकारले पाँच प्रतिशत नगद अनुदान प्रदान गर्ने  

क्र.सं

 निर्यात हुने वस्तुको  नाम

१.

 प्रशोधित चिया

२. 

 प्रशोधित कफी

३. 

 हस्तकला र काष्ठकलाका वस्त’

४.   

 प्रशोधित छाला (क्रष्ट) र छालाजन्य उत्पादनहरु

५. 

 हाते कागज तथा सोबाट उत्पादित सामान

६.

 प्रशोधित जडिबुटी तथा सारय’क्त तेल

७. 

 प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना 

८. 

 अल्लोबाट उत्पादित सामानहरु

९.

 मिनरल वाटर

१०.

 बेसार (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

११.

 तरकारी (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१२.

 प’ष्प (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१३.

 प्रशोधित मह (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१४.

 प्रशोधित अलैची (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१५.

प्रशोधित अदुवा (साँठो, स्लाइडिङ, तेल र पाउडर लगायत) (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

 

निम्न वस्तुहरुको निर्यातमा सरकारले तीन प्रतिशत नगद अनुदान प्रदान गर्ने  

क्र.सं.

   निर्यात हुने वस्तुको नाम

 १.  

 स्वदेशमा उत्पादित कपडा

 २.

 तयारी पोशाक

 ३.

 गलैंचा र ऊनीका सामान

 ४.

 च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान

 ५. 

 स्वदेशी प्रशोधित जुट तथा जुटका उतपादनहरु

 ६. 

 सुन, चाादीका गरगहना

 ७.

 स्वदेशी अर्ध प्रशोधित छाला

 ८. 

 औषधी

 ९. 

 फेल्ट (उनीजन्य) का वस्तुहरु

 १०.

 पलिष्टर यार्न/फाईवर भियकोर्ष यार्न/एक्रेलिक यार्न/ कटन यार्न

 ११. 

 तामाका सामान (हस्तकलाका सामान, पुजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा)

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]