Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल एग्रो लघुवित्तको अर्धवार्षिक समिक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०७५ माघ २९ गते

बैंकिङ खबर। नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समिक्षा तथा शाखा प्रमुखहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कार्यक्रममा लघुवित्तका २६ वटा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै लघुवित्तका अध्यक्ष रमेश कुमार कर्माचार्यले इमान्दार  र मेहनती व्यक्तिको छनौट गरेर आवश्यक मात्र कर्जा प्रदान गर्नुपर्ने बताए । कर्जाको सदुपयोगितामा ध्यान दिएमा खराब कर्जाको जोखिम बाट बच्न सकिन्छ । यस्तो भएका कर्मचारीलाई काम गर्न समेत सहजे हुने उनले बताए । लघुवित्तले प्रवाह गरेको कर्जाबाट कृषक र व्यवसायीहरुले लाभ लिन सकेमा कर्जा सुरक्षित हुने कर्माचार्यको धारण रहेको थियो  । 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले कर्जा सूचना केन्द्रबाट कर्जाको सूचना लिने र दिने कार्यलाइ पालना गर्नुको साथै  राष्ट्र बैंकले तोकेको सिमाभित्र मात्र कर्जा प्रवाह प्रवाह गर्नुपर्छ । त्यसो गर्न सकेकमा कर्जाको जोखिम कम हुने उनले बताए । मानिसहरुको व्यक्तिगत स्वभाव फरक फरक हुने भएकोले कर्मचारीहरुको मूल्यांकन गर्दा बस्तुगत सोच प्रयोग गर्नुपर्ने र पछिल्ला दिनमा लघुवित्त क्षेत्रमा कर्जाको जोखिम बढि देखिएकोले सजग भएर कारोवार कारोबार गर्न पनि शाखा प्रमुखहरुलाइ सुझाव दिए ।

कार्यक्रममा शाखा प्रमुखहरुले आफ्नो शाखाको प्रगति विवरण, समस्या र समाधानका उपायहरु बारे आफ्नो विचार राखेका थिए । उक्त कार्यक्रममा विभागिय प्रमूखहरु नयन देवकोटा, प्रेम प्रसाद आचार्य, रमेश बस्याल, भिमसेन माझी र पवित्रा कोइरालाले लेखाव्यवस्थापन, खराब कर्जाको व्यवस्थापन,खराब कर्जा बढ्न नदिने उपायहरुको खोजी, कर्जा सूचना केन्द्रबाट कर्जा सूचना लिने र दिने, कर्मचारी मूल्यांकन र फिल्ड व्यवस्थापन आदिको बारेमा शाखा प्रमुखहरुलाई जानकारी गराएका थिए ।

Ad