February 12th, 2019

नेपालमै उत्पादीत २६ वस्तुको निर्यातमा पाउन सकिन्छ नगद अनुदान

बैंकिङ खबर। स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन र निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलनलाई कम गर्न सरकारले “निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५” स्वीकृत गरिसकेको छ । सोहि आधारमा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने सम्बन्धमा विद्यमान व्यवस्थालाई खारेज गरी नयाँ व्यवस्था गरिएको जानकारी गराएको छ । 

मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । नयाँ व्यवस्था अनुसार १५ वटा वस्तुको निर्यातमा ५ प्रतिशत र ११ वस्तुको निर्यातमा ३ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । त्यस मध्ये पनि पूर्ण स्वदेशी उत्पादन निर्यात गर्दा भने नगदमा अनुदान पाउने छन् । 

उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले माघ २८ गते परिपत्र जारी गर्दै १० बुँदे निर्देशन दिएको हो ।
(पूर्ण विवरण यहाँ हेर्नुहोस्)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]