Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मन्त्रीको सम्पत्ति : यो आर्थिक वर्षको विवरण गोप्य

२०७५ माघ २४ गते

नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । मन्त्रीहरूले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।

गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरूको  आलोचना भएको थियो । उनीहरूको आर्थिक स्रोतमै प्रश्न उठेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने–नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने भएकाले आफू अनभिज्ञ रहेको तथा धेरै बोल्न नसक्ने बताए । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार।

Ad