Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी माइक्रोफाइनान्सद्धारा अन्तरक्रिया तथा पशुपालन तालिम सम्पन्न

२०७५ माघ २३ गते

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले बिभिन्न स्थानहरुमा पशुपालन तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मकवानपुर जिल्लाको मनहरी गाउँपालीका वडा नं ५ स्थित डिल्लीपुरमा ५३ जना ,तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालीका क्षेत्रमा ५१ जना र कास्की जिल्लाको माछापुच्छे« गाउँपालीका क्षेत्रमा ४६ जनालाई तालिम दिएको हो ।

उक्त ३ दिनको अबधीमा १५० जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा उपस्थित सदस्य तथा स्थानीहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा संस्थाका विभागीय प्रमुखहरु घनश्याम भट्टराई, हरि प्रसाद सिग्देल तथा एरीया प्रमुख बलराम कालाखेती एवम् का.मु.कायम नायव महाप्रबन्धक रविन्द्र तिमल्सेनाले सम्बोधन गरेका थिए । साथै उक्त कार्यक्रममा उत्कृष्ट समुहहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
     

Ad