बैंकिङ खबर। १४ करोड रुपैयाँ चुक्तापूँजी रहेको आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ८१ लाख ६४ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्त गत आर्थिक वर्षको सोही अवधिमा २६ लाख ७७ हजार रुपैयाँले नोक्सानमा रहेकोे थियो । गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड ३६ लाख ९३ हजार रुपैयाँले ऋणात्मक रहेको जगेडा कोषलाई सुधार गर्दै लघुवित्तले चालु आर्थिक बर्षको सोहि अवधिमा ७९ लाख ३४ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ११ करोड ८१ लाख ८२ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ६ करोड ९१ लाख ८७ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ८९ लाख ९४ हजार रुपैयाँ हुन जान्छ । गत बर्ष लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ९ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
बचत तथा कर्जा
लघुवित्तले पुष मसान्त सम्ममा ३४ करोड ७५ लाख ३७ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब ४६ करोड ८६ लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा १४८ दशमलव ९९ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी ७२ दशमलव ०९ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ९५ लाख ७८ हजार रुपैयाँ बचत संकलन गरी ८५ करोड ३३ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १० दशमलव ५३ प्रतिशत, खराव कर्जा २ दशमलव ३८ प्रतिशत र कस्ट अफ फण्ड ११ दशमलव ०६ प्रतिशत रहेको छ ।