बैंकिङ खबर । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १ करोड रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ८५ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिब वर्षको सोहि अवधिमा लघुवित्तले ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तले जगेडाकोषमा ४ करोड ६७ लाख रुपैयाँ छुटाएको छ
बचत तथा कर्जा
लघुवित्तले गत पुष मसान्तसम्ममा ३० करोड ८६ लाख रुपैयाँ बचत संकलन गरी ८४ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिकोभन्दा बचतमा ३२.८३ ले वृद्धि गरेको छ भने कर्जामा २२ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको छ ।
आम्दानी
लघुवित्तको खुद व्याज आम्दानी १७ दशमलव २४ प्रतिशतले वृद्धि गरी ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन गत हाथिृक बर्षको तुलनामा १४.५७ प्रतिशतले वृद्धि हो । गत आर्थिक बर्षमा लघुवित्तको खुद व्याज आम्दानी २ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
सुचकहरु
लघुवित्तको निष्कर्य कर्जा १ दशमलव ३५ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव १४ प्रतिशत, प्रतिसेयर आम्दानी २० दशमलव ०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६ दशमलव ७७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ ।