Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गत बर्षदेखि संचालनमा आएको नागरिक लघुवित्तको कर्जा लगानी करीब ९ करोड

२०७५ माघ २१ गते

बैंकिङ खबर। १ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको नागरिक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । पुष मसान्त सम्मको विवरण अनुसार लघुवित्त ४९ लाख ६४ हजार रुपैयाँले नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षबाट संचालनमा आएको लघुवित्तले शाखा र व्यवसाय विस्तारमा ध्यान दिइरहेको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा लघुवित्त २५ लाख १७ हजार रुपैयाँले नोक्सानमा रहेको थियो ।  लघुवित्तको जगेडा कोष पनि ३१ लाख ५६ हजार रुपैयाँले ऋणत्मक रहेको छ ।

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ५४ लाख ६९ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ४२ लाख ४३ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी १२ लाख २६ हजार रुपैयाँ हुन जान्छ । 

बचत तथा कर्जा 
लघुवित्तले गत पुष मसान्त सम्ममा ९० लाख ७ हजार रुपैयाँ बचत संकलन गरी ८ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ४० लाख १७ हजार रुपैयाँ बचत संकलन गरी ४ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात २८ दशमलव ३९ प्रतिशत र कस्ट अफ फण्ड ११ दशमलव ३९ प्रतिशत रहेको छ । गत आर्थिक बर्षबाट संचालनमा आएको लघुवित्तले आइपिओ जारी गरेको छैन ।
 

Ad