Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सुर्योदय लघुवित्तले कमायो १ करोड ६३ लाख नाफा

२०७५ माघ २१ गते

बैंकिङ खबर। १० करोड ७९ लाख रुपैयाँ चुक्तापूँजी रहेको सुर्योदय लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ६३ लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६१ दशमलव ३८ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा १ करोड १ लाख रुपैयाँ रहेको थियोे । लघुवित्तले जगेडा कोषमा पनि आर्कषक सुधार गर्दै ६ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा ५० दशमलव ५७ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा लघुवित्तको जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ मात्र रहेको थियो ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ९ करोड ४७ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ४ करोड ६१ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ८६ लाख रुपैयाँ हुन जान्छ । 

बचत तथा कर्जा 
लघुवित्तले गत पुष मसान्त सम्ममा ४८ करोड १६ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब १० करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ५० दशमलव ८७ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी ५८ दशमलव ०२ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३१ करोड ९२ लाख रुपैयाँ बचत संकलन गरी ६९ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १३ दशमलव ९९ प्रतिशत, खराव कर्जा १ दशमलव ०९ प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव ९९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ६० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी ३० रुपैयाँ ३५ पैसा रहेको छ ।
 

Ad