Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नयाँ नेपाल लघुवित्तको अर्ध बार्षिक समिक्षा गोष्ठी सम्पन्न 

२०७५ माघ २१ गते

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त बित्तिय संस्था केन्द्रिय कार्यलय धुलिखेलले शाखा कार्यालय बर्दिबासमा आर्थिक बर्ष  २०७५ /७६ को अर्ध बार्षिक समिक्षा एबमं भावी कार्यक्रम तथा रणनीति सम्बन्धि दुई दिने गोष्ठीका साथै, लघुवित्त कार्यक्रम संचालन सम्बन्धि तालिम  सम्पन्न गरेको  छ। 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले  शाखा प्रबन्धकहरुले संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्यूनिकरण तथा संस्थाको व्यवसायिक दायरालाई फराकिलो पार्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा,संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणात्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष ध्यान पुयाई कार्य गर्न सुझाव दिए । 

कार्यक्रममा २१ वटा शाख कार्यालयका  प्रमुखहरुले आ आफ्नो शाखाको प्रगती विवरण र बजेटको अवस्था बारे प्रस्तुति व्यक्त गरेका थिए भने शाखा संचालनमा भएका कमि कमजोरी, अबसर, चुनौतीहरु, समस्या र समाधानका उपाय लगायत लक्ष्य र प्रगतीको अबस्थाबारे छलफल तथा अन्तरक्रिया गरेका थिए । 

कार्यक्रममा मानब संसाधन  विभागका दिलेन्द्र बस्नेत, आलेप तथा अनुगमन विभागका सुमन घिमिरे र आशिस प्रधानले प्रदेश नं१,२ र ३ का  २१ वटा शाखाका ६० जना कर्मचारीहरुलाई लघुवित्त कार्यक्रम संचालन, धितो कर्जा, लेखा ब्यबस्थापन र रिपोर्टिंग सम्बन्धि तालिम  दिएका थिए । 

तालिममा कर्मचारीहरुले जोखिम व्यवस्थापन, भाखा नाघेको कर्जा न्युनिकरण, तनाब व्यबस्थापन, आन्तरिक लेखा परिक्षणले औल्याएको कैफियत सुधार, नेतृत्व विकास, कर्जा र निक्षेप वृद्धि सम्बन्धि जानकारी हासिल गरेका थिए । साथै संस्थाका उप महाप्रबन्धक दुर्गा  न्यौपानेले तालिमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि र नतिजामा पनि केही परिवर्तन आउने अपेक्षा ब्यक्त  गरे ।    

Ad