बैंकिङ खबर। ६५ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ११ करोड ३४ लाख रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १५ दशमलव ८३ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ९ करोड ७९ लाख रुपैयाँ रहेको थियोे । लघुवित्तले जगेडा कोषमा पनि आर्कषक सुधार गर्दै ३८ करोड ४१ लाख रुपैयाँ पुर्याएको को छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा ६१ दशमलव ३१ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा लघुवित्तको जगेडा कोषमा २३ करोड ८१ लाख रुपैयाँ मात्र रहेको थियो ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ८० करोड २ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३५ करोड ४७ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ४४ करोड ५४ लाख रुपैयाँ हुन जान्छ ।
बचत तथा कर्जा
लघुवित्तले गत पुष मसान्त सम्ममा २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बचत संकलन गरी ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा १९ दशमलव ८६ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी १२ दशमलव ८० प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ बचत संकलन गरी ८ अर्ब १३ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात ७ दशमलव ५९ प्रतिशत, खराव कर्जा ४ दशमलव ५० प्रतिशत, कस्ट अफ फण्ड ९ दशमलव २९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ६५ पैसा र प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा रहेको छ ।