Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तको नाफा ३३ करोड माथि, प्रतिसेयर आम्दानी ५५ रुपैयाँ

२०७५ माघ २० गते

बैंकिङ खबर। १ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी रहेको निर्धन उत्थान  लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ३३ करोड ३२ लाख  रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २३ दशमलव ६८ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा २६ करोड ९४ लाख रुपैयाँ  रहेको थियोे । लघुवित्तले रिजर्भ काषमा पनि बृद्धि गर्दै १ अर्ब १४ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तको रिजर्भ कोषमा ९२ करोड १८ लाख रुपैयाँ मात्र रहेको थियो ।

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ६९ करोड ७४ लाख रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ७६ करोड ९२ लाख रुपैयाँ हुन जान्छ । 

बचत तथा कर्जा 
लघुवित्तले गत पुष मसान्त सम्ममा ९ अर्ब ६८ करोड ७४ लाखरुपैयाँ बचत संकलन गरी १७ अर्ब ९ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ३२ दशमलव २० प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी २६ दशमलव १६ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले  ७ अर्ब ३२ करोड ७५ लाख रुपैयाँ बचत संकलन गरी १३ अर्ब ५४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात ११ दशमलव ४२ प्रतिशत, खराव कर्जा १ दशमलव ०९ प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव ७५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ९५ रुपैयाँ ७७ पैसा र प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ५४ पैसा रहेको छ ।
 

Ad