Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्त बन्यो राष्ट्रिय स्तरको वित्तीय संस्था

२०७५ माघ २० गते

बैंकिङ खबर । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको स्वीकृती पाएको छ । २०७० सालबाट लघुवित्त कार्यक्रम संचालन गर्दै आएको यस संस्थाले हाल ४५ जिल्ला कार्यक्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दै आएको थियो । 

संस्थाको २०७५।७।२९ मा सम्पन्न छैटौ वार्षिक साधारण सभावाट स्विकृत भएको राष्ट्रिय स्तरको वित्तीय संस्था वनाउने प्रस्तावलाई नेपाल राष्ट्र बैकवाट २०७५।१०।१८ गतेको निर्णयवाट संस्थाले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको स्विकृती प्राप्त गरेको हो ।

हालसम्म संस्थाको ४५ जिल्लाहरुमा ६३ वटा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ६४ हजार ५ सय ७३ जना सदस्यवाट ५८ करोड ८३ लाख वचत संकलन गरी ३८ हजार ५ सय ५८ जना लघुउद्यमी सदस्यहरुलाई २ अर्व ३३ करोड ३४ लाख रुपैया कर्जा लगानी गरेको छ । 

Ad