बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्रदेश नं १ मा रहेको आफ्ना साझेदार सहकारी संस्थाका लेखा समितिका संयोजक र आन्तरिक लेखा परीक्षण विभागका प्रमुखहरुलाई एक दिवसीय आन्तरिक लेखा परीक्षण तालिम सम्पन्न गरेको छ । संस्थाले उक्त तालिम मोरङको सुन्दर हरैचामा आयोजना गरेको थियो ।
सहकारी संस्थामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने तथा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुगोस भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिममा झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका फस्र्ट माइक्रोफाइनान्सका ३५ वटा साझेदार सहकारी संस्थावाट ३९ जनाको सहभागिता रहेको थियो ।
तालिममा आन्तरिक लेखापरीक्षणका सिद्धान्त, विधी तथा प्रकृया विषयमा फस्र्ट माइक्रोफाइनान्सका बरिष्ठ प्रबन्धक बाबुराम न्यौपानले, सहकारीमा आन्तरिक लेखापरीक्षण र लेखा सुपरीवेक्षण समितिको भूमिकाको विषयमा,राष्ट्रिय सहकारी बैकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले, आर्थिक कारोवारको निरीक्षण तथा मूल्याट्ठन तथा वित्तिय तथा संस्थागत सुशासनका विषयमा रजिष्टर्ड अडिटर, लक्ष्मी सापकोटाले र आन्तरिक लेखा परीक्षणको प्रतिवेदन तयारी विषयमा फस्र्ट माइक्रोफाइनान्सका कर्जा प्रशासन प्रमुख ज्ञानेन्द्र वाग्लेले सहजीकरण गरेका थिए ।
त्यसैगरी, तालिममा प्रदेश नं ४,५, ६ र ७ अन्तर्गतका फस्र्ट माइक्रोफाइनान्सका ३२ वटा साझेदार सहकारी संस्थाका ३५ जनाको सहभागिता रहेको थियो । आन्तरिक लेखापरीक्षणका सिद्धान्त, विधी तथा प्रकृया विषयमा फस्र्ट माइक्रोफाइनान्सका सहायक अधिकृत देवराज नेपालले, सहकारीमा आन्तरिक लेखापरीक्षण र लेखा सुपरीवेक्षण समितिको भूमीका विषयमा,नेफ्स्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक दामोदर अधिकारीले, आर्थिक कारोवारको निरीक्षण तथा मूल्याङन तथा वित्तिय तथा संस्थागत सुशासन विषयमा चार्टर्ड एकाउण्टेण्ट, प्रमोद पन्थीले र आन्तरिक लेखा परीक्षणको प्रतिवेदन तयारी विषयमा फस्र्ट माइक्रोफाइनान्सका का.मु. नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले सहजीकरण गरेका थिए ।