Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको अर्ध बार्षिक समिक्षा गोष्ठि सम्पन्न

२०७५ माघ १७ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले अर्ध वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । संस्थाले प्रदेश १, २, ३ र ४ मा सञ्चालित २७ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको सक्रिय सहभागीतामा दुईदिने समीक्षा गोष्ठि आयोजना गरेको हो । 

गोष्ठिको उद्देश्यबारे प्रकाश पार्दै संस्थाका प्रमुख कार्यकारी अधिकृतले अब संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणात्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष ध्यान पु¥याउन शाखा प्रबन्धकहरुलाई निर्देशन दिए ।

कार्यक्रममा शाखा प्रबन्धकहरुले आ–आफ्ना शाखाहरुबाट चालू आर्थिक वर्षको ६ महिनामा भएका उपलब्धीहरुको समीक्षा गरेका थिए । साथै, उक्त गोष्ठिमा संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्यूनिकरण तथा संस्थाको व्यवसायिक दायरालाई फराकिलो पार्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा विशेष छलफल भएको थियो ।

हालसम्मसंस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले हालसम्म सदस्यहरुबाट ३५ करोड भन्दा बढी निक्षेप संकलन गरी करीब  १ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । 
 

Ad