Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति माइक्रोफाइनान्सको नाफामा ८२ प्रतिशले वृद्धि

२०७५ माघ १७ गते

बैंकिङ खबर। ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ चुक्तापूँजी रहेको उन्नति माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २ करोड ११ लाख २४ हजार रुपैयाँ मुनाफा कमाएको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ८२ दशमलव ०७ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सकोे मुनाफा १ करोड १६ लाख २ हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
माइक्रोफाइनान्सले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ११ करोड ७६ लाख ७ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ६ करोड ६५ लाख ५७ हजार रुपैयाँ गरेको छ । यस अनुसार माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ५ करोड १० लाख ४९ हजार रुपैयाँ हुन जान्छ । 

बचत तथा कर्जा 
माइक्रोफाइनान्सले गत पुष मसान्त सम्ममा ४४ करोड ५१ लाख ८१ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब २४ करोड ४१ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ८९ दशमलव २७ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा माइक्रोफाइनान्सले कर्जा लगानी ६३ दशमलव ४३ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सले २३ करोड ५२ लाख २ हजार रुपैयाँ बचत संकलन गरी ७६ करोड १२ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात ८ दशमलव ७० प्रतिशत, खराव कर्जा शुन्य दशमलव ७८ प्रतिशत, कस्ट अफ फण्ड ९ दशमलव ८२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ७३ पैसा र प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६७ पैसा रहेको छ ।
 

Ad