बैंकिङ खबर। ७ करोड ९२ लाख २३ हजार रुपैयाँ चुक्तापूँजी रहेको नयाँ नेपाल लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २५ लाख २३ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २०९ दशमलव १९ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ८ लाख १६ हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ३ करोड ५५ लाख ५९ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २ करोड ८ लाखरुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ४७ लाख ५९ हजार रुपैयाँ हुन जान्छ ।
बचत तथा कर्जा
लघुवित्तले गत पुष मसान्त सम्ममा १० करोड १ लाख १२ हजार रुपैयाँ बचत संकलन गरी ५१ करोड २८ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ६६ दशमलव १८ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी १०३ दशमलव ७९ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड २ लाख ४२ हजार रुपैयाँ बचत संकलन गरी २५ करोड १६ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १८ दशमलव २३ प्रतिशत, खराव कर्जा २ दशमलव ९३ प्रतिशत, कस्ट अफ फण्ड ११ दशमलव ४० प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३० रुपैयाँ १५ पैसा र प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा रहेको छ ।