बैंकिङ खबर। ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ चुक्तापूँजी रहेको आरएमडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ६८ लाख २८ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ३० दशमलव ८८ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ११ करोड २१ लाख ८० हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ४९ करोड १३ लाख १४ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २५ करोड ७५ लाख ७८ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी २३ करोड ३७ लाख ३६ हजार रुपैयाँ हुन जान्छ ।
कर्जा लगानी
थोक कर्जाको मात्र कारोबार गर्ने भएकोले आरएमडीसी लघुवित्तले बचत संकलन गर्दैन । गत पुष मसान्त सम्ममा लघुवित्तले ७ अर्ब ४३ करोड ९७ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा २१ दशमलव ०९ प्रतिशले कर्जा लगानीमा बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ अर्ब १४ करोड ३८ लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात २४ दशमलव ४१ प्रतिशत, खराव कर्जा शुन्य प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव ५२ प्रतिशत, प्रतिशेयर नेटवर्थ २ सय ७९ रुपैयाँ १८ पैसा र प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।