बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंठकले बोनस सेयरमा लाग्ने कर बापत ३ लाख ३ हजार नगद लाभांश दिने प्रस्ताव समेत गरेको छ । हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावमा नेपाल राष्ट्र बैंकले स्वीकृति र संस्थाको साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
बोनस वितरणपछि लघुवित्तको चुक्ता पुँजी ३ करोड ४५ लाख रुपैयाँ पुग्ने छ । त्यसपछिको पूँजीमा १० प्रतिशत हकप्रद सेयर विक्री गर्ने प्रस्ताव समेत गरेको छ । हकप्रदपछिको चुक्ता पूँजी भने ३ करोड ७९ लाख रुपैयाँ पुग्नेछ ।